दमाैली । नेपाली काङ्ग्रेस भानु नगरसमिति सदस्य सन्देश आचार्यले राजीनामा दिएका छन् । तरुण दल भानु-४ का उपाध्यक्ष समेत रहेका आचार्यले साेमबार नगर सभापतिलाई सम्बाेधन गर्दै राजीनामा दिएका हुन् ।
आसन्न तनहुँ क्षेत्र न.१ को उपनिर्वाचनको संघारमा आफूप्रति सुनियोजित र प्रतिशोधात्मक ढङ्गबाट भएकाे प्रहारले मानसिक दबाब सिर्जना गरेर प्रताडित पार्न खोजिएको उनले बताएका छन् । उनले भने, ‘अनावश्यक दबाब सिर्जना गरेर मेरो क्रियाशिलता र स्वाभिमानमाथी प्रश्न उठिरहदा,त्यस संगठनमा आवद्ध रहन मेरो नैतिकताले नदिने ठम्याईमा पुगेको छु। र आज कै मितिबाट लागू हुने गरि म सन्देश आचार्य नेपाली काङ्ग्रेसको साधारण सदस्यबाट राजीनामा गरेको समेत निवेदन गर्दछु।’