नेपाली जनता एमालेको पक्षमा छ भन्ने सन्देश दिनुपर्छ : उपमहासचिव गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    नेपाली जनता एमालेको पक्षमा छ भन्ने सन्देश दिनुपर्छ : उपमहासचिव गुरुङ

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०८०, सोमबार

    दमाैली । नेकपा (एमाले) का उपमहासचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १० गते हुने उपनिर्वाचनमा जनता एमालेको पक्षमा छ भन्ने सन्देश दिनुपर्ने दिएका छन् ।

    तनहुँको देवघाट गाउँपालिका–५ मा साेमबार आयोजित पालिकास्तरीय चुनावी सभामा बोल्दै उपमहासचिव गुरुङले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा एमाले लोकप्रिय पार्टी रहेकाले अब हुने उपनिर्वाचनले पनि जनता एमालेको साथमा रहेको सन्देश दिन आवश्यक रहेको बताए।

    “विकास र सुशासनका पक्षमा एमालेले अगाडी सारेका नीति, कार्यक्रम र बजेट ठिक थिए भन्ने सन्देश जनताले दिनुपर्छ । तीनवटै निर्वाचन क्षेत्रमा एमालेले जित्न आवश्यक छ,” उपमहासचिव गुरुङले भने, “यो सन्देश भनेको आगामी विसं २०८४ सालको निर्वाचनमा बहुमत ल्याउँछ भन्ने सन्देश पनि हो ।”

    नेपालको स्वाधिनता रक्षाका लागि एमालेले लडेको लडाइँको जनताले मूल्याङ्कन गर्नुपर्ने उपमहासचिव गुरुङको भनाई थियो । “एमालेले देश र जनताका लागि गरेका कामको मूल्याङ्कन हुनुपर्छ, त्यसको मूल्याङ्कन गर्ने कडी भनेको निर्वाचन हो,” उनले भने ।

    उपमहासचिव गुरुङले तीनवटा क्षेत्रमा हुने उपनिर्वाचनले धेरै तात्विक अर्थ नराख्ने भएपनि यो निर्वाचन एमालेका लागि जनताको अभिमत के छ भन्ने बुझ्ने अवसरको रुपमा हुने बताए।

    नेकपा (एमाले) पोलिटव्युरो सदस्य महेश बस्नेतले जनताको आकर्षणको पार्टी नेकपा (एमाले) भएको बताउँदै देश विकासका लागि एमालेको विकल्प नभएको उल्लेख गरे।