गाेविन्दकाे पक्षमा माहाेल बनाउन तनहुँमा केन्द्रीय नेता उदारिँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    गाेविन्दकाे पक्षमा माहाेल बनाउन तनहुँमा केन्द्रीय नेता उदारिँदै

    खबरपुञ्ज संवाददाता

    ४ बैशाख २०८०, मंगलवार

    दमाैली । नेपाली काङ्ग्रेसका तर्फबाट तनहुँ-१ का उम्मेदवार गाेविन्द भट्टराईकाे पक्षमा माहाेल बनाउन केन्द्रीय स्तरका नेताहरुलाई तनहुँमा उतारिएकाे छ । व

    ैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार बनेका भट्टराईकाे पक्षमा माहाेल बनाउन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काङ्ग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई तनहुँ ल्याउन लागिएकाे हाे । केन्द्रीय स्तरका नेताहरुकाे उपस्थतिमा बुधबार डुम्रेमा चुनावी सभा हुँदैछ ।

    भट्टराईकाे पक्षमा माहाेल बनाउन काङ्ग्रेसका पदाधिकारी, केन्द्रीय सदस्य, विद्यार्थी नेताहरुकाे तनहुँमा लर्काे लागेकाे छ ।