मतदाता प्रभावित पार्न मातातीर्थ औसीमा आमाहरुलाई सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    मतदाता प्रभावित पार्न मातातीर्थ औसीमा आमाहरुलाई सम्मान

    खबरपुञ्ज संवाददाता

    ७ बैशाख २०८०, बिहीबार

    दमौली । वैशाख १० गते हुने उपनिर्वाचनमा कांग्रेसका तर्फबाट तनहुँ-१ का उम्मेदवार गोविन्द भट्टराईले मतदाता प्रभावित पार्न व्यास-३ का आमाहरुलाई सम्मान गरेका छन् । मातातीर्थ औसीको अवसरमा बिहीबार भट्टराईले उक्त वडाका ज्येष्ठ महिलाहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

    निर्वाचन आचारसंहिता विपरित कार्यक्रमको आयोजना गरी सम्मान भन्दै मतदाता प्रभावित गर्न खोजिएको हो ।

    उक्त कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य शंकर भण्डारी लगायतको सहभागिता थियो ।

    जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले निर्वाचन आचारसंहिता लागु भएकाले त्यस्ता कार्य आचारसंहिता विपरित भएको बताए । ‘त्यस्तो काम गर्न पाइँदैन, उहॉहरुलाई नगर्नुस् भनेर भनिसकेका छौ,’ उनले भने ।