रविले भने- म चितवनले रोपेको बिरुवा हुँ, अब जल चाहिएको छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रविले भने- म चितवनले रोपेको बिरुवा हुँ, अब जल चाहिएको छ

    खबरपुञ्ज संवाददाता

    ६ बैशाख २०८०, बिहीबार

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं चितवन-२ का उम्मेदवार रवि लामिछानेले आफू चितवनले नै रोपेको बिरुवा रहेको बताएका छन्। यसपल्ट आफूलाई जल चाहिएको बताएका छन्।

    उनले भने, ‘तपाईं आफैंले गत निर्वाचनमा रोपेको बिरुवा हुँ म। तपाईंले मल पनि हालिसक्नुभयो। यसपल्ट तपाईंहरुले जल हाल्नुपर्नेछ।’

    उनले आफू यहीँ थुनिएको र यहीँबाट संसद्‌मा पुगेको बताउँदै ‘न्याय चाहिएको भए चितवन जानू’ भन्ने अवस्था आएको बताए। 

    उनले थपे, ‘फेरि देशलाई न्यायका लागि आएको छु। चितवनले देशलाई न्याय गर्नेछ। यो व्यक्ति जिताउन आएको होइन, युगलाई जिताउन आएको हो।’