उपनिर्वाचनका दिन पृथ्वीराजमार्ग तथा स्थानीय सडक पूर्ण बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उपनिर्वाचनका दिन पृथ्वीराजमार्ग तथा स्थानीय सडक पूर्ण बन्द

    खबरपुञ्ज संवाददाता

    ८ बैशाख २०८०, शनिबार

    दमाैली । वैशाख १० गते आइतबार तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ-१ खण्ड तथा स्थानीय राजमार्ग पूर्ण रुपमा बन्द हुने भएको छ । उपनिर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सबै सडकहरुमा यातायात सञ्चालनमा रोक लगाएको हो ।

    मुग्लिन पुलदेखि व्यास नगरपालिकाको चापाघाटसम्म, डुम्रे–वेशीशहर सडकखण्ड, आँबुखैरेनी–गोरखा सडकखण्ड, दमौली–दुईपिप्ले सडकखण्ड लगायत सम्पूर्ण स्थानीय सडकमा यातायात बन्द रहने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।

    तनहुँ जिल्ला भएर सञ्चालन हुने रात्री बसहरु बिहान ४ बजे अगावै जिल्ला पार गरिसक्न प्रशासनले आग्रह गरेको छ ।

    उक्त दिन दमकल, एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दूध बोक्ने सवारी साधन, शववाह, फोहरमैला ओसार्ने सवारी साधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको पत्रसहित चलेको सवारी साधन र सूचना तथा प्रशारण विभागबाट जारी प्रेस पास भएको पत्रकार चढेको सवारी भने निर्वाध सञ्चालन हुनेछ ।