मौन अवधिमा मत मागेको भन्दै भट्टराईसँग स्पष्टिकरण मागियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    मौन अवधिमा मत मागेको भन्दै भट्टराईसँग स्पष्टिकरण मागियो

    खबरपुञ्ज संवाददाता

    १० बैशाख २०८०, आईतवार

    दमाैली । मौन अवधिमा मत मागेको भन्दै तनहुँ क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार गोविन्द भट्टराईसँग २४ घण्टे स्पष्टिकरण माग गरिएको छ । जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले भट्टराईसँग आइतबार स्पष्टिकरण माग गरेको हो ।

    वैशाख ७ गते राति १२ बजेपछि मौन अवधि लागु भएको अवस्थामा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ () प्रतिकूल हुने गरी मत मागेको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा निजसँग सो सम्बन्धमा आचारसंहिता प्रतिकूल हुने गरी मत माग्नुभएको हो होइन भनी स्पष्टिकरण सोधिएको हो ।

    No photo description available.