तनहुँ १ मा मतदान सम्पन्न : मतपेटिका ल्याउन सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ १ मा मतदान सम्पन्न : मतपेटिका ल्याउन सुरु

    खबरपुञ्ज संवाददाता

    १० बैशाख २०८०, आईतवार

    दमाैली । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान सम्पन्न भएपश्चात् मतपेटिका ल्याउन सुरु गरिएको छ । आज बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्य साँझ ५ बजे सम्पन्न भएपछि विभिन्न मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन थालिएको हो ।

    व्यास नगरपालिका–२ सत्यवती मावि, व्यास नगरपालिका–३ महर्षि संस्कृत मावि र व्यास नगरपालिका–४ मदर्सा प्रावि मतदान केन्द्रबाट मतपेटिका आइपुगेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए। एक सय ५२ वटै मतदान केन्द्रबाट मतपेटिका आउने क्रम जारी रहेको उनले बताए ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपु¥याइएको मतपेटिका सुरक्षित रुपमा राखिनेछ । सबै मतदान केन्द्रबाट मतपेटिका आएपछि मतगणना गर्ने बारे सर्वदलीय बैठक आह्वान गरिने उनले जानकारी दिए ।

    तनहुँ क्षेत्र नम्बर १ मा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ६३ हजार सात सय ५७ मत खसेको छ । त्यसमध्ये महिलाको सङ्ख्या ३४ हजार ६७ र पुरुषको सङ्ख्या २९ हजार छ सय ९० रहेको छ । यो कूल मतदाताको ५१.७ प्रतिशत हो ।