तनहुँ-१ मा ६३७५७ मत खस्याे (पालिकाकाे सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ-१ मा ६३७५७ मत खस्याे (पालिकाकाे सूची सहित)

    खबरपुञ्ज संवाददाता

    १० बैशाख २०८०, आईतवार

    दमाैली । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ काे प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा ६३७५७ मत खसेकाे छ । एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ५१.७ प्रतिशत मत खसेकाे हाे ।

    सबैभन्दा बढी मत व्यास नगरपालिकामा खसेकाे छ । आँबुखैरेनी गाउँपालिकामा १३ हजार छ सय २२ मतदाता रहेकामा छ हजार सात सय ५९, देवघाट गाउँपालिकामा १२ हजार सात सय १२ मतदाता रहेकामा पाँच हजार आठ सय ५४, बन्दीपुर गाउँपालिकामा १५ हजार छ सय ७८ मतदाता रहेकामा सात हजार आठ सय ३०, भानु नगरपालिकामा ४० हजार आठ सय ४४ मतदाता रहेकामा २० हजार आठ सय ७९ र व्यास नगरपालिकामा ४० हजार चार सय ४९ मतदाता रहेकामा २२ हजार चार सय २५ मत खसेको निर्वाचन कार्यालय तनहँुले जनाएको छ ।

    No description available.