दमाैली । व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपाने शनिबार राति १ः३० बजे सेनेगल जाने कार्यक्रम थियो । आइतबार तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने भएपछि उनले उक्त दिनको टिकट रद्द गरे ।
उक्त कार्यक्रममा सहभागी हुन नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डित शनिबार राति नै १ः३० बजे सेनेगल प्रस्थान गरे । नगरप्रमुख न्यौपानेले उपनिर्वाचनलाई लक्षित गरी उद्द उडान रद्ध गरे । नगरप्रमुख न्यौपानेले आइतबार उपनिर्वाचनका लागि मतदान गरे ।
मतदान गरेपश्चात् उनी काठमाडौ पुगेर सेनेगल जाने तयारीमा छन् । न्यौपाने आइतबार राति १० बजेको उडानमा सेनेगल जाँदैछन् । सेनेगेलमा अप्रिल २४ देखि २८ सम्म हुन इन्टरनेशनल मेयर फोरममा सहभागी उनी त्यता जान लागेका हुन् ।