दमौली । तनहुँ-१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि पॉच वडाको मतगणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा. स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिएका छन् ।
सोमबार बिहान ५ बजेसम्मको नतिजा अनुसार वाग्लेले ४३०३ मत प्राप्त गरेका छन् । उनले प्रतिस्पर्धी भन्दा २३७० मतले अग्रता कायम गरेका छन् ।
हालसम्म ७६८३ मतगणना हुँदा कांग्रेसका गोविन्द भट्टराईले १९३३ र एमालेका सर्वेन्द्र खनालले ११९८ मत प्राप्त गरेका छन् ।
हालसम्म ऑबु-१, २, भानु-७,८ र १० को मतगणना सकिएको छ ।