तनहुँ १ उपनिर्वाचन : रास्वपाका वाग्लेलाई पाँच हजारको अग्रता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ १ उपनिर्वाचन : रास्वपाका वाग्लेलाई पाँच हजारको अग्रता

    खबरपुञ्ज संवाददाता

    ११ बैशाख २०८०, सोमबार

    दमाैली । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले पाँच हजार भन्दा बढी मतान्तरले अग्रता लिएका छन् ।

    आइतबार राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान १० बजेसम्मको नतिजा अनुसार डा. वाग्लेले पाँच हजार दुई सय ५६ मतान्तरले अग्रता लिएका हुन् ।

    हालसम्म १३ वडाको मतपरिणाम सम्पन्न हुँदा वाग्लेले दश हजार दुई सय ५९ प्राप्त गरेका छन् । नेपाली काङ्ग्रेसका गोविन्द भट्टराईले पाँच हजार तीन मत प्राप्त गरेका छन्। नेकपा (एमाले) का सर्वेन्द्र खनालले दुई हजार सात सय ९७ मत प्राप्त गरेका छन् ।

    आँबुखैरेनी–१, आँबुखैरेनी–२, आँबुखैरेनी–३, आँबुखैरेनी–४, आँबुखैरेनी–५, आँबुखैरेनी–६, भानु–१०, भानु–८, भानु–३, भानु–७, भानु–४, भानु–५ र भानु–११ मतगणना सम्पन्न भएकोे मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए।

    आँबुखैरेनी–१ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार ६५, नेपाली काङ्ग्रेसका भट्टराईले दुई सय ६५ र नेकपा (एमाले)का खनालले ५४ मत प्राप्त गरेका छन् ।

    आँबुखैरेनी–२ मा एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ८१, नेपाली काङ्ग्रेसका भट्टराईले तीन सय ३६ र नेकपा (एमाले)का खनालले एक सय आठ मत प्राप्त गरेका छन् ।

    आँबुखैरेनी–३ मा दुई हजार एक सय ७३ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार पाँच सय १८, नेपाली काङ्ग्रेसका भट्टराईले चार सय एक र नेकपा (एमाले)का खनालले एक सय ९१ मत प्राप्त गरेका छन् ।

    आँबुखैरेनी–४ मा छ सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले तीन सय ३२, नेपाली काङ्ग्रेसका भट्टराईले दुई सय ३७ र नेकपा (एमाले)का खनालले ८५ मत प्राप्त गरेका छन् ।

    आँबुखैरेनी–५ मा पाँच सय ७० मत खसेकामा रास्वपाका वाग्लेले तीन सय ७१, नेपाली काङ्ग्रेसका भट्टराईले एक सय ४९ र नेकपा (एमाले)का खनालले २८ मत प्राप्त गरेका छन् ।

    आँबुखैरेनी–६ मा सात सय चार मत खसेकामा रास्वपाका वाग्लेले दुई सय ८१, नेपाली काङ्ग्रेसका भट्टराईले दुई सय ५९ र नेकपा (एमाले)का खनालले एक सय ३० मत प्राप्त गरेका छन् ।

    भानु–३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय १६, नेपाली काङ्ग्रेसका भट्टराईले चार सय १८ र नेकपा (एमाले)का खनालले तीन सय ५१ मत प्राप्त गरेका छन् ।

    भानु–४ मा एक हजार छ सय ७५ मत खसेकामा रास्वपाका वाग्लेले सात सय ५९, नेपाली काङ्ग्रेसका भट्टराईले चार सय ८२ र नेकपा (एमाले)का खनालले तीन सय ९४ मत प्राप्त गरेका छन् ।

    भानु–५ मा एक हजार पाँच सय ८४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय ७६, नेपाली काङ्ग्रेसका भट्टराईले पाँच सय ३१ र नेकपा (एमाले)का खनालले दुई सय ३७ मत प्राप्त गरेका छन् ।

    भानु–७ मा एक हजार दुई सय ८१ मत खसेकामा रास्वपाका वाग्लेले छ सय ५५, नेपाली काङ्ग्रेसका भट्टराईले तीन सय १२ र नेकपा (एमाले)का खनालले दुई सय ७० मत प्राप्त गरेका छन् ।

    भानु–८ मा एक हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ५६, नेपाली काङ्ग्रेसका भट्टराईले चार सय ५८ र नेकपा (एमाले)का खनालले चार सय ३७ मत प्राप्त गरेका छन् ।

    भानु–१० मा एक हजार सात सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ४६, नेपाली काङ्ग्रेसका भट्टराईले पाँच सय ५१ र नेकपा (एमाले)का खनालले तीन सय २९ मत प्राप्त गरेका छन् ।

    भानु–११ मा दुई हजार १४ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार दुई सय दुई, नेपाली काङ्ग्रेसका भट्टराईले पाँच सय ९३ र नेकपा (एमाले)का खनालले एक सय ८३ मत प्राप्त गरेका छन् ।

    तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।