स्वर्णिमलाई गोविन्दको बधाई – मतदाताको अपेक्षा पूरा गर्नुहोस्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    स्वर्णिमलाई गोविन्दको बधाई – मतदाताको अपेक्षा पूरा गर्नुहोस्

    खबरपुञ्ज संवाददाता

    १२ बैशाख २०८०, मंगलवार

    दमौली । नेपाली कांग्रेसका तर्फबाट तनहुँ-१ का प्रतिस्पर्धी गोविन्द भट्टराईले प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. स्वर्णिम वाग्लेलाई बधाई दिएका छन् ।

    उनले वाग्लेलाई बधाई दिँदै भने, ‘चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिष्पर्धा रह्यो । र, संयोगले तपाईं निर्वाचित हुनुभयो । मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईंले सक्नुभयो ।’

    भट्टराईले यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा आफूप्रतिको विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब वाग्लेको अभिभारा बन्न पुगेको उल्लेख गरे ।

    उनले भने, ‘मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रुपमा निरन्तर खटेको हुँ। अब पनि खटिरहनेछु । अनि तपाईंले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ ।’

    भट्टराईले यहाँका मतदाताको अति ठूलो अपेक्षा अनि भरोशा पूरा गर्न र राजनीतिक यात्रामा अब्बल बन्न सकोस् भन्दै शुभकामना दिए ।