गण्डकीमा मुख्यमन्त्री को ? हरि चुमान प्रचण्ड भेट्न काठमाडौ पुगे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा मुख्यमन्त्री को ? हरि चुमान प्रचण्ड भेट्न काठमाडौ पुगे

    खबरपुञ्ज संवाददाता

    १२ बैशाख २०८०, बुधबार

    पोखरा । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले नयॉ सरकार गठनका लागि दावी पेश गर्न आव्हान गरेपनि मुख्यमन्त्री को हुने भन्ने अझै टुंगो लागेको छैन । कांग्रेस र माओवादी दुवै आफ्नो नेतृत्वमा सरकार गठन गर्ने कसरतमा छन् ।

    तनहुँ-१ को उपनिर्वाचन हुनु अघि बालुवाटारमा कांग्रेस नेताहरुसहितको बैठकले गण्डकीमा पहिले माओवादीले नेतृत्व लिने सहमति भएको थियो । तर उपनिर्वाचनमा कांग्रेसका गोविन्द भट्टराईले हारेपछि परिस्थिति बदलिन सक्ने संकेत देखा परेको छ ।

    कांग्रेसका सांसदहरुले उपनिर्वाचनमा माओवादीले सहयोग नगरेको भन्दै माओवादीलाई मुख्यमन्त्री नदिने भन्दै काठमाडौ पुगेर सभापति शेरबहादुर देउवा लगायतका नेताहरुसँग भेटेका छन् । कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे काठमाडौमा छलफलपछि पोखरा फर्किएका छन् । उनले आफू नै पहिले मुख्यमन्त्री हुने दावी गरेका छन् ।

    तर माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान भने मंगलबार काठमाडौ पुगेका छन् । उनले बालुवाटारमा भएको सहमति कार्यान्वयन हुनुपर्ने भन्दै पहिलो नेतृत्व आफूहरुले पाउनुपर्ने बताएका छन् । चुमानले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम छ ।

    प्रदेश प्रमुखले आव्हान गरेको दावी बिहीबार सकिदैछ ।