दमाैली । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका गोविन्द भट्टराईले आफू चुनाव हार्नुको केही कारण खुलासा गरेका छन् । एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै उनले आफू चुनाव हार्नुको कारण बताएका हुन् ।
उनले एमालेको भोट स्वतन्त्रलाई जानु, पार्टीभित्रैबाट असहयोग हुनु र गठबन्धनको मत आफूलाई प्राप्त नहुनु हारको कारण रहेको उल्लेख गरे ।
उनले भने, “एमालेको भोट प्रमुख कुरा रह्यो, असन्तुष्ट पक्ष पनि पार्टीमा छँदैछ । कतिलाई लाग्यो होला गोविन्द भट्टराईले यो क्षेत्रमा जितेपछि स्थापित हुन्छ भन्ने पनि लाग्यो होला । विभिन्न कुरा छ । हाम्रो पार्टीभित्र एकथरी मान्छे सपना मात्रै बुनेर बसिरहेका हुन्छन् । यो पछि यो प्राप्त हुन्छ, त्यो पछि त्यो प्राप्त हुन्छ । त्यस्तो सजिलो भन्ने उनीहरुलाई थाहा छैन । ”
उनले माओवादीको भोट पनि जसरी प्राप्त हुनुपथ्र्यो त्यो नभएको उल्लेख गरे । उनले भने, “गठबन्धनबाट पनि सोचे जस्तो मत आएन । डाटाले त्यही भन्छ । एमालेको भोट पनि स्वतन्त्रलाई गयो । एमालेको भोट उतै गएको हो वा कन्ट्रोल गर्न नसकेको हो । योजनाबद्ध रुपमा नै एमालेको मत उतै गएको जस्तो देखिन्छ ।”
उनले सत्ता बाहिर बसेर पनि तनहुँमा विकास निर्माणमा आफूले जति काम अरुले नगरेको दावी गरे । उनले भने, “विकास निर्माणका हिसाबले पनि सत्ताबाहिर रहेर मैले जे गरे त्यो अरुले गरेका छैनन् । म बाहेक अन्य कोही मानिस छ भन्ने लाग्दैन त्यसरी काम गर्ने ।”