दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने मनबहादुर पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने मनबहादुर पक्राउ

    खबरपुञ्ज संवाददाता

    १६ बैशाख २०८०, आईतवार

    काठमाडाै । दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ भिमाद नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने २६ वर्षीय मन बहादुर कुमाल रहेकाे प्रहरीले जनाएकाे छ ।

    उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।  कठमाडौं महानगरपालिका-२६ स्थित यूरो टेक कन्सलटेन्सी प्रालिका मार्केटिङ मेनेजर कुमालले एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि दुबइ पठाइ प्रतिष्ठित कम्पनीमा ६० हजार रूपैयाँ भन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३ लाख ५० हजार रुपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कबाट पक्राउ गरेको हो । 

    उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।