भिरबाट लडेर मृत्यु, साढे तीन घण्टाको प्रयासमा शव निकालियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    भिरबाट लडेर मृत्यु, साढे तीन घण्टाको प्रयासमा शव निकालियो

    खबरपुञ्ज संवाददाता

    १७ बैशाख २०८०, सोमबार

    दमाैली । तनहुँको ऋषिङ गाउँपालिका–७ बाजगारा बस्ने ५३ वर्षीय कृष्णकुमार थापाको भिरबाट लडेर मृत्यु भएको छ । दमौलीबाट घर फर्कदै गरेका थापाको गएराति १०ः३० बजेको समयमा घर नजिकै रहेको चण्डि भयर सामुदायिक वनको गोरेटो बाटोदेखि अन्दाजी एक सय मिटर तल भिरमा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    थापाको शव भङ्कलेको रुखमा अड्किएको अवस्थामा फेला परेको भन्ने आज प्रहरीमा जानकारीमा आएपश्चात् प्रहरीले निजको शव निकालेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । निज दमौली आएर आँखा सम्बन्धी उपचार गरेर घर फर्किदै गर्दा भिरबाट खसेका थिए ।

    रुखमा अड्किएको अवस्थामा शव देखेपछि स्थानीयवासीले ऋषिङ रानीपोखरी प्रहरी चौकीमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकको नेतृत्वमा गण्डकी प्रदेश प्रहरी गण पोखराबाट खटिएको विपद् उद्धारको संयुक्त टोली साढे तीन घण्टाको प्रयासपश्चात् निजको शव निकालेको प्रहरीले जनाएको छ ।

    मृतकको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।