दमौली । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा जेसीआई व्यास नगरले श्रमिकलाई सम्मान गरेको छ । जेसीआईले व्यास-३ अनसन चौतारीमा सोमबार कार्यक्रमको आयोजना गरी श्रमिकलाई सम्मान गरेको हो ।
सो क्रममा श्रीधरा थापा मगर, बुद्धिमाया मझकोटी, कृष्ण बहादुर कुमाल र पवित्र कालिका यातायात प्रालि संस्थालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
जेसीआई व्यासनगर वर्ष २०१५का अध्यक्ष एवं महालक्ष्मी लाईफ ईन्स्युरेन्स लिमिटेडका प्रदेश प्रमुख माधव न्यौपानेले टेम्पो श्रमिकहरुलाई एक लाख बराबरको बीमा उपलब्ध गराएका थिए ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले श्रमिकहरुलाई सम्मान गरेका थिए । सोही अवसरमा उनले जेसीआईद्वारा प्रकाशित भित्तेपात्राको विमोचन गरेका थिए।
जेसीआई व्यास नगरका अध्यक्ष राजु रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।