माधव नेपालको गुनासो – गठबन्धनमा माओवादीको व्यवहारले मर्माहत छौ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    माधव नेपालको गुनासो – गठबन्धनमा माओवादीको व्यवहारले मर्माहत छौ

    खबरपुञ्ज संवाददाता

    १९ बैशाख २०८०, बुधबार

    काठमाडौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले माओवादीको कारण मर्माहित भएको बताएका छन्। सुर्खेतमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले माओवादीले पीडा दिएकोले मर्माहित भएको बताएका हुन्।

    पत्रकार सम्मेलनमा उनले भने,‘हामी गठबन्धन टिक्छ भनिरहेका छौं । टिकाउँछौं भनिरहेका छौं । टिकाउने क्षमता, खुबी र हिस्सेदारी हामीसँग छ भनिरहेका छौं तर हामीलाई पीडा दिने खालको व्यवहार देखिसकेपछि हामी मर्माहत भएका छौं ।’ कर्णालीमा आफ्नो पार्टीलाई बेवास्ता गरिएको भन्दै अध्यक्ष नेपालले माओवादीको व्यवहार मन नपरेको बताएका हुन्।

    कर्णालीमा माओवादीले गरेको व्यवहार आफूहरुलाई स्वीकार्य नहुने अध्यक्ष नेपालले चेतावनी समेत दिए। प्रधानमन्त्री एवं नेकमा माओवादी केन्द्रक अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र माओवादीका प्रदेशका नेताहरुलाई सम्बोधन गर्दै माओवादीको व्यवहारप्रति आपत्ती जनाएका हुन्।

    नेपालले भने, ‘प्रचण्ड जीलाई भन्न चाहान्छु, तपाईंहरुले जसरी हामीलाई बेवास्ता गरेर सरकारमा एकलौटी गर्नुभएको छ, यो हामीलाई स्वीकार्य छैन।’ उनले माओवादीको व्यवहारको आलोचना मात्र नभई निन्दा गर्न मन लाग्ने बताए। यस्तैयस्तै खालका प्रवृत्तिहरु हुर्किंदै जाँदा गठबन्धन टिक्छ कि टिक्दैन भन्ने प्रश्न उठेको उनको भनाइ छ।