पाँच ओभरको खेलमा सुदूरपश्चिममाथि विराटनगरको ३५ रनको जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पाँच ओभरको खेलमा सुदूरपश्चिममाथि विराटनगरको ३५ रनको जित

    खबरपुञ्ज संवाददाता

    १४ कार्तिक २०८३, शनिबार

    काठमाडाै १४ कात्तिक ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ ।

    वर्षाका कारण पाँच ओभरमा झारिएको खेलमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा ३ विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो ।

    सुदूरपश्चिमका स्कट कुगेलाइनले ६ बलमा २८ रन बनाए । आरिफ शेखले ८ बलमा १७ र सैफ जैबले १० बलमा १७ रन जोडे । कप्तान दीपेन्द्रसिंह ऐरीले ५ बलमा १ रन मात्र बनाए ।

    विराटनगरका आन्द्रे रसेल, रुपेश सिंह र एन्जेलो म्याथ्युजले समान एक विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ५ ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएको थियो । उसका शहान जयसूर्याले ११ बलमा ३९ र लोकेश बमले १० बलमा २५ रन बनाए । आन्द्रे रसेल १० बलमा २९ रन जोड्दै अविजित रहे ।

    सुदूरपश्चिमका अविनाश बोहराले २ विकेट लिएका थिए ।