छैटौ घिरिङ अध्यक्ष कपको उपाधि वडा नम्बर ५ लाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    छैटौ घिरिङ अध्यक्ष कपको उपाधि वडा नम्बर ५ लाई

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०८०, शुक्रबार

    दमौली । छैटौं घिरिङ अध्यक्ष कप प्रतियोगिताबाट वडा नम्बर ५ ले शिल्ड उचाल्न सफल भएको छ। घिरिङ गाउँपालिकाको समन्वयमा खेलकुद विकास समिति घिरिङको आयोजनामा वैशाख १९ देखि २१ सम्म रहेको छैटौं अध्यक्ष कप खेलकुद प्रतियोगिता पोखरिछाप खेल प्राङ्गणमा भएको हो।

    बिहीबार सम्पन्न भएको सो कार्यक्रममा वडा स्तरीय भलिबल प्रतियोगिता बाट पुरुष तर्फ वडा नं ५ प्रथम भएको छ। यस्तै वडा नं १ द्दितिय र वडा नं २ तृतीय भएको छ। विजेताहरुलाई प्रथम पुरस्कार ७० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र , द्वितीय पुरस्कार ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, तृतीय पुरस्कारमा ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र रहेको थियो।

    यसैगरि भलिबल खेलको महिला तर्फ वडा नं २ ले प्रथम स्थान हासिल गरेको छ। वडा नं १ द्वितीय र वडा नं ४ तृतीय स्थान हासिल गरेका छन। महिला तर्फको प्रथम पुरस्कार ४० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र रहेको छ। द्वितीय पुरस्कार ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र रहेको छ भने तृतीय पुरस्कार १५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र रहेको छ।