बुद्ध जयन्तीमा दमाैलीमा शान्ति र्याली (फोटो/भिडिओ)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बुद्ध जयन्तीमा दमाैलीमा शान्ति र्याली (फोटो/भिडिओ)

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०८०, शुक्रबार

    दमाैली । २५६७ औं बुद्ध जयन्तीको अवसरमा शुक्रबार तनहुँको दमौलीमा शान्ति ¥याली प्रदर्शन गरिएको छ । विश्व शान्तिको कामना गर्दै बौद्ध सदन गुम्बा, मिलन तमु समाजको आयोजनामा दमौलीमा शान्ति ¥याली प्रदर्शन गरिएको हो ।

    व्यास नगरपालिका–३ देउरालीनगरस्थित बौद्ध सदन गुम्बाबाट निस्किएको ¥याली मालपोत लाइन, भेटघाटचोक, भोर्लेटारचोक, सफासडक हुँदै पुनः बौद्ध सदन गुम्बा पुगेको थियो ।

    प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ ।

    राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएको दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किनुभएको थियो । वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । वैशाख शुक्ल पुर्णिमाकै दिन उहाँको महापरिनिर्वाण भएको थियो । त्यसै वर्षदेखि बुद्ध जयन्ती मनाउन थालिएको हो ।

    बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन दिनुभएको थियो । जसमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय रहेका थिए ।