इस्कोनका केन्द्रीय सचिव रुपेश्वर र व्यासका मेयरबीच भेट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    इस्कोनका केन्द्रीय सचिव रुपेश्वर र व्यासका मेयरबीच भेट

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०८०, मंगलवार

    दमौली । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोन नेपालका केन्द्रीय सचिव रुपेश्वर गौर दास र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेसँग भेट गरेका छन् ।

    नगरप्रमुखको कार्यकक्षमा मंगलबार भएको भेटका क्रममा संघले आगामी दिनमा व्यास जन्मभूमि दमौलीलाई विश्वभर प्रचारप्रसार गर्ने लगायत विभिन्न परियोजना सहितको गुरूयोजनाका बारेमा छलफल भएको छ।

    नगरप्रमुख न्यौपानेले इस्कोनको प्रस्तावमा समर्थन जनाउँदै नगरपालिका यसका लागि सहकार्य गर्न तयार रहेको बताए ।

    विभिन्न योजना अन्तर्गत श्रीश्री राधा कृष्ण मन्दिर, ब्रम्हचारी आश्रम , सभा हल, पाहुना घर, भक्तिवेदान्त गुरूकुल, भक्तिवेदान्त हस्पिटल , गौशाला , भक्तिवेदान्त पुस्तकालय , अनाथलय आश्रम सहितको गुरूयोजना निर्माण गरिएको संघका सदस्य ईन्जिनियर सुशील खनालले बताए ।

    संघको व्यास-४ स्थित शाखा कार्यालयमा नियमित शनिबारे सत्सङ कार्यक्रम दिउँसो १ बजेदेखि ४ बजेसम्म हुँदै आएको छ ।

    उक्त कार्यक्रममा नियमित भागवत गीताको प्रवतन, हरे कृष्ण मन्त्र जप, हरिनाम संङ्कीर्तन सहित भजन कृतन र निशुल्क प्रसाद वितरण लगायत विभिन्न धार्मिक कार्यक्रम हुदै आएको छ ।

    विभिन्न परियोजना सम्पन्न गर्नका लागि सरकारी निकायहरू, संघीय सरकार, प्रदेश सरकार तथा व्यास नगरपालिका, विभिन्न सामाजिक संघसंस्थाहरू , राजनीतिक पार्टी, धार्मिक संघसंस्था, उद्योग वाणिज्य संघ लगायत विदेशमा रहेका तनहुँवासीलाई आग्रह गरिने संघका सचिव प्रमोद न्यौपानेले जानकारी दिए ।