राष्ट्रसंघका महासचिवलाई मेन्सन गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वर्णिम वाग्लेको ट्विट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रसंघका महासचिवलाई मेन्सन गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वर्णिम वाग्लेको ट्विट

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०८०, बुधबार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनिएका नेपाली अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपालको जारी नक्कली भुटानी शरणार्थी प्रकरणमा विश्व समुदायलाई सार्वजनिक जानकारी दिएका छन् ।

    आज वाग्लेले संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेस, राष्ट्रसंघको शरणार्थी मामिलाका उच्च आयुक्त फिलिप्पो ग्रान्डी, अमेरिकी विदेश सचिव एन्थोनी ब्लिन्कन, नेपालस्थित अमेरिकी राजदूत डिन आर थोम्पसनलाई ध्यानाकर्षण गराएका हुन् ।

    नक्कली भुटानी शरणार्थीको समाचार शेयर गर्दै सामाजिक सञ्जाल ट्विटमार्फत वाग्लेले उच्च अन्तर्राष्ट्रिय अधिकारीलाई मेन्सन गरेका छन् ।

    राष्ट्रसंघदेखि अमेरिकाले नेपालमा भुटानबाट खेदिएका सक्कली शरणार्थीको अन्तर्राष्ट्रिय पुनर्वासको मुद्दामा नेतृत्व गरेका थिए । अमेरिकालगायतका आठ देशले भुटानी शरणार्थीलाई सन् २००७ ताका पुनर्वास गरेका थिए । बेलायत, अष्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, नर्वे, डेनमार्क र नेदरल्याण्डले लाख बढी नेपाली भाषा बोल्ने भुटानी शरणार्थीलाई स्वीकार गरेका थिए ।

    अहिले नक्कली भुटानी शरणार्थी प्रकरण आएसँगै ती देशहरुको पनि चासो बढेको बेला राष्ट्रसंघदेखि अमेरिकी अधिकारीहरुसम्मलाई वाग्लेले गरेको ध्यानाकर्षण अर्थपूर्ण छ । (नेपाल प्रेसबाट)