शुक्लागण्डकी नगरपालिकामा चरम बेथिती, इन्धनमा ब्रम्हलुट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी नगरपालिकामा चरम बेथिती, इन्धनमा ब्रम्हलुट

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०८०, मंगलवार

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिकामा चरम बेथिती पाइएको छ । गत वर्ष सम्पन्न स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि आएपछि नगरपालिकामा चरम बेथिती बढेको पाइएको हो ।

    चालु आर्थिक वर्षमा नगरपालिकाले इन्धन खर्चमा ब्रम्हलुट गरेको विवरण सार्वजनिक भएको छ । यसरी इन्धनमा ब्रम्हलुट गर्ने क्रममा नगरपालिकाले अन्य शीर्षकको खर्च समेत रकमान्तर गरेर इन्धनमा हालेको खुलेको छ ।

    चालु आर्थिक वर्षको १० महिनामै ६८ लाख भन्दा बढी इन्धनमा खर्च भएको छ । पेट्रोलतर्फ १२९६० लिटरको २२ लाख ६८ हजार १ सय ४८ र डिजेलतर्फ ४७ लाख १६ हजार ७ सय २३ खर्च भएको छ ।

    सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियानले सार्वजनिक गरेकाे विवरण अनुसार नगर यातायात गुरुयोजना, राष्ट्रिय भवन संहिता मापदण्ड कार्यान्वयन, करदाता शिक्षा कार्यक्रम, भैपरी आउने खर्च लगायतमा विनियोजित बजेटको रकम कटौती गरी इन्धन खर्चको रुपमा रकमान्तर गरेको भेटिएको हो । यसरी इन्धनमा रकमान्तर गरिँदा जनप्रतिनिधि र कर्मचारी मिलेर लुट मच्याएको स्थानीयको आरोप छ ।

    चालु आर्थिक वर्ष ०७९÷८० को वैशाखसम्म पेट्रोलतर्फ १२ हजार ९ सय ६० लिटर र डिजेलतर्फ २८ हजार पाँच सय ८६ लिटर खर्च भएको नगरपालिकाको तथ्याङ्कले पुष्टि गरेको छ । जबकि गत आर्थिक वर्ष ०७८÷७९ को बाह्र महिनामा पेट्रोल आठ हजार ९ सय ४८ र डिजेल १८ हजार चार लिटर खर्च भएको थियो ।

    May be an image of ‎ticket stub and ‎text that says '‎क्र.सं. शुक्लागण्डकी नगरपालि कावाटख्.एको ईन्धन विवरण( आ.व.२०७९/०८०) मिति २०७९ असार २१ देखि श्रावण ३१ सम्म םel २०७९ भाद्र २०७९ आश्चिन २०७९ कार्तिक २०७९ मंसिर २०७९ पौष १२१६.०० ९६१.८५ १२६२.०० १०५५.०० ६ ९०१०० १७००.०० २०७९ माघ २०७९ फाल्गुण २०७९ चैत्र २०८० बैशाख २०४०.०० ८१३.०० २१७३.०१ २७५५.८९ ७७८१.१० २६८२.०० २०७०.८ २६१५.८४ ३२८२.७६ २३७१.० २८५८६.२० १४३५.०० १३४६.०० १५३१.०० १५४५.०० १२९६०.८५ शाखा‎'‎‎
    May be an image of ticket stub and text that says 'शुक्लागण्डकी नगरपालि मिति Pdu बेपाद २०७८ श्रावण २०७८ भाद्र २०७८ आश्विन २०७८ कार्तिक २०७८ मंसिर २०७८ पौष २०७८ माघ २०७८ फाल्गुण २०७८ चैत्र २०७९ बैशाख २०७९ जेठ २०७९ आषाढ देखि २० सम्म जम्मा ईन्धन विवरण (आ.व.२०७८/०७९) पेट्रोल डिजल ૮४०.૦૦ ११४८.०० ५१६.०० १३५५.०० ६२०.०० १२८८.०० ८१०.०० १५६६.०० ५३०.०० १९४०.०० ४३०.०० १९३५.०० ७२७.०० १४३५.०० ११२२.०० २०५९.०० १६३७.०० १४५२.०० ४३०.०० १५०.०० ७२६.०० २२२७.०० ५६०.०० १४४९.०० ८९४८.०० १८००४.०० शাवा'

    चालु आर्थिक वर्षको २०७९ साउनमा १२१६ लिटर पेट्रोल र २०४० लिटर डिजेल, भदौमा ९६१.८५ लिटर पेट्रोल र ८१३ लिटर डिजेल, असोजमा १२६२ लिटर पेट्रोल र २१७३.०१ लिटर डिजेल, कात्तिकमा १०५५ लिटर पेट्रोल र २७५५.८९ लिटर डिजेल, मंसिरमा ९०९ लिटर पेट्रोल र ७७८१.१० लिटर डिजेल, पुसमा १७०० लिटर पेट्रोल र २६८२ लिटर डिजेल, माघमा १४३५ लिटर पेट्रोल र २०७०.८० लिटर डिजेल, फागुनमा १३४६ लिटर पेट्रोल र २६१५.८४ लिटर डिजेल, चैतमा १५३१ लिटर पेट्रोल र ३२८२.७६ लिटर डिजेल, २०८० वैशाखमा १५४५ लिटर पेट्रोल र २३७१ लिटर डिजेल खर्च भएको छ ।

    May be an image of ticket stub, blueprint and text
    May be an image of ticket stub and text

    जबकी गत आर्थिक वर्षको २०७८ साउनमा ८४० लिटर पेट्रोल र ११४८ लिटर डिजेल, भदौमा ५१६ लिटर पेट्रोल र १३५५ लिटर डिजेल, असोजमा ६२० लिटर पेट्रोल र १३५५ लिटर डिजेल, कात्तिकमा ८१० लिटर पेट्रोल र १५६६ लिटर डिजेल, मंसिरमा ५३० लिटर पेट्रोल र १९४० लिटर डिजेल, पुसमा ४३० लिटर पेट्रोल र १९३५ लिटर डिजेल, माघमा ७२७ लिटर पेट्रोल र १४३५ लिटर डिजेल, फागुनमा ११२२ लिटर पेट्रोल र २०५९ लिटर डिजेल, चैतमा १६३७ लिटर पेट्रोल र १४५२ लिटर डिजेल, २०७९ वैशाखमा ४३० लिटर पेट्रोल र १५० लिटर डिजेल, जेठमा ५१६ लिटर पेट्रोल र १३५५ लिटर डिजेल, असार १ देखि २० सम्म ५६० लिटर पेट्रोल र १४४९ लिटर डिजेल खर्च भएको थियो ।

    नगरपालिकाले विभिन्न शीर्षकमा विनियोजित बजेट अन्धाधुन्ध रुपमा रकमान्तर गरी इन्धन खर्च गरेको छ । नगर यातायात गुरुयोजना बनाउने शिर्षकमा भएको रकम १५ लाख सबै ईन्धनमा रकमान्तर गराइएको छ ।

    राष्ट्रिय भवन संहिता मापदण्ड कार्यान्वयनमा रहेको १० लाख मध्यबाट ५ लाख, करदाता शिक्षा कार्यक्रम अन्तर्गतको तीन लाखमध्ये सबै इन्धनमा, भैपरी आउने खर्चमा विनियोजित २५ लाखमध्ये १० लाख इन्धनमा रकमान्तर गरिएको छ ।

    यसरी विभिन्न शीर्षकबाट रकमान्तर गरी इन्धनमा खर्च गरिनु चरम बेथिती रहेको सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियानका संयोजक शंकर पन्तले बताए । उनले भने, “नगरपालिकामा चरम बेथिती छ, लुटतन्त्र छ, अब हिसाब माग्नुपर्छ, हामी सबै लाग्नुपर्छ, युवाहरु जाग्नुपर्छ ।”