मदन-आश्रित स्मृति दिवस : दमौलीमा मैत्रीपूर्ण बास्केटबल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मदन-आश्रित स्मृति दिवस : दमौलीमा मैत्रीपूर्ण बास्केटबल

    खबरपुञ्ज संवाददाता

    २ जेष्ठ २०८०, बुधबार

    दमौली । मदन-आश्रित स्मृति दिवसको अवसरमा दमौलीमा बुधबार मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता आयोजना गरिएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा व्यास-३ स्थित कोर्टमा बास्केटबल प्रतियोगिता आयोजना गरिएको हो ।

    हैरान्स ए र हैरान्स बी बीच आयोजित खेलमा हैरान्स ए विजेता भएको छ । खेलाडीहरुलाई नेकपा एमाले तनहुँका उपाध्यक्ष हरिराज कंडेल, सचिव राजेश्वर ढकाल, एकेडेमीका अध्यक्ष कविराज श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए ।

    पछिल्लो समय जिल्लामा बास्केटबलमा खेलाडीको आकर्षण बढेकाले स्मृति दिवसको अवसरमा मैत्रीपूर्ण खेल खेलाइएको एकेडेमीका अध्यक्ष श्रेष्ठले जानकारी दिए । खेलमा कृष्णकुमार श्रेष्ठ (जेके) ले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

    नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय निधन भएको दिनको सम्झनामा आज मदन आश्रित स्मृति दिवस मनाइँदैछ । २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको थियो ।