शुक्लागण्डकी नगरपालिकाद्वारा निजी गाडीमा पनि तेल हाल्न भुक्तानी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी नगरपालिकाद्वारा निजी गाडीमा पनि तेल हाल्न भुक्तानी

    खबरपुञ्ज संवाददाता

    ४ जेष्ठ २०८०, शुक्रबार

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिकाले निजी गाडीमा पनि तेल हालेबापत भुक्तानी दिने गरेको खुलेको छ । सरकारी साधन बाहेक निजी सवारी साधनमा पनि तेल हालेबापत नगरपालिकाले भुक्तानी दिने गरेको हो ।

    सरकारी सवारी साधन नहुने कर्मचारीलाई तोकेबमोजिम निजी सवारी साधनलाई समेत कुपन प्रदान गरी रिपुमर्दिनी पेट्रोल स्टेशनबाट इन्धन उपलब्ध गराई उक्त पम्पलाई मासिक रुपमा भुक्तानी हुने गरेको छ ।

    त्यसका अतिरिक्त राजनीतिक दलका नेता कार्यकर्तालाई पनि नगरपालिकाले तेल उपलब्ध गराउँदै आएकाे छ ।

    हाल नगरपालिकाको स्वामित्वमा ४५ वटा दुईपांग्रे साधन, तीन वटा स्करपियो, एक वटा बोलेरो जीप, एक वटा सरसफाई टिप्पर, एक वटा डोजर, एक वटा एम्बुलेन्स रहेको नगरपालिकाका सूचना अधिकारी लक्ष्मण लम्सालले बताए ।

    चालु आर्थिक वर्ष ०७९÷८० को वैशाखसम्म पेट्रोलतर्फ १२ हजार ९ सय ६० लिटर र डिजेलतर्फ २८ हजार पाँच सय ८६ लिटर खर्च भएको नगरपालिकाको तथ्याङ्कले पुष्टि गरेको छ ।

    चालु आर्थिक वर्षको २०७९ साउनमा १२१६ लिटर पेट्रोल र २०४० लिटर डिजेल, भदौमा ९६१.८५ लिटर पेट्रोल र ८१३ लिटर डिजेल, असोजमा १२६२ लिटर पेट्रोल र २१७३.०१ लिटर डिजेल, कात्तिकमा १०५५ लिटर पेट्रोल र २७५५.८९ लिटर डिजेल, मंसिरमा ९०९ लिटर पेट्रोल र ७७८१.१० लिटर डिजेल, पुसमा १७०० लिटर पेट्रोल र २६८२ लिटर डिजेल, माघमा १४३५ लिटर पेट्रोल र २०७०.८० लिटर डिजेल, फागुनमा १३४६ लिटर पेट्रोल र २६१५.८४ लिटर डिजेल, चैतमा १५३१ लिटर पेट्रोल र ३२८२.७६ लिटर डिजेल, २०८० वैशाखमा १५४५ लिटर पेट्रोल र २३७१ लिटर डिजेल खर्च भएको छ ।