दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिका-४ पुलजीपबाट लागुऔषध सहित कास्कीका अन्तिम गुरुङ पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट पुलजीपबाट खटिएको प्रहरी टोलीले कास्कीको रुपा गाउँपालिका-६ बस्ने ३३ वर्षीय गुरुङलाई पक्राउ गरेको हो ।
काठमाडौबाट पोखरा तर्फ आउदै गरेको ग २ ख ३९६१ नं. को माईक्रो बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार गुरुङलाई ४० थान डाइजेपाम, ४० थान फेनरागन र ४० थान नुफिन सहित पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए ।
निजलाई शुक्रबार तनहुँ अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।