विद्यार्थी दुव्र्यवहार गरेको अभियोगमा प्रधानाध्यापक नियन्त्रणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विद्यार्थी दुव्र्यवहार गरेको अभियोगमा प्रधानाध्यापक नियन्त्रणमा

    खबरपुञ्ज संवाददाता

    ७ जेष्ठ २०८०, सोमबार

    दमौली । तनहुँको भानु नगरपालिका–१३ ठूल्ढुङ्गास्थित अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक शैलेन्द्रकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यार्थीलाई दुव्र्यवहार गरेको अभियोगमा साहलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

    शारीरिक, मानसिक तथा यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थीले उजुरी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले नियन्त्रणमा लिइएका शिक्षकसँग सोधपुछ गर्ने काम भइरहेको जानकारी दिए । “विद्यार्थीलाई दुव्र्यवहार गरेको भन्ने उजुरीपश्चात् उहाँलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ,” उनले भने ।