धुलोले व्यवसायी मारमा, दमौली बजार इकाई भन्छ : पर्याप्त पानी हाल्ने व्यवस्था मिलाइयोस्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    धुलोले व्यवसायी मारमा, दमौली बजार इकाई भन्छ : पर्याप्त पानी हाल्ने व्यवस्था मिलाइयोस्

    खबरपुञ्ज संवाददाता

    ८ जेष्ठ २०८०, मंगलवार

    दमौली । पृथ्वीराजमार्ग विस्तारका क्रममा उडेको धुलोले व्यवसायी मारमा परेका छन्। धुलोका कारण व्यवसायीको पसलमा रहेका सामान धुलाम्य भई बेच्न नसकिने अवस्थामा पुगेको व्यवसायी बताउँछन् ।

    जिल्लाको सदरमुकाम एवं व्यास नगरपालिकाको मुटु दमौली बजार क्षेत्र प्रदूषणले पूर्ण रूपमा चपेटामा परेको तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई सभापति भूपाल आलेले बताए । उनले भने, ‘ सम्पूर्ण जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्दै आईरहेको र उच्च सडक दुर्घटनाको सम्भावना भएकोले सडक निर्माण कार्यसँगै प्रदूषण नियन्त्रणका लागि पर्याप्त मात्रामा सडकमा पानी हाल्ने व्यवस्था मिलाउनुहुन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँन चाहन्छौं ।’

    सडक विस्तार तथा पक्की सडकको दायाँ-बाँया खन्ने कार्य तीव्र रूपमा अघि बढी रहेको कारणले त्यसबाट भएको प्रत्यक्ष प्रदूषणका कारण सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई व्यापार व्यवसाय सञ्चालन गर्न र पैदल यात्रीहरूलाई हिंडडुल गर्न गाह्रो भएको उनके भनाइ छ ।