नक्कली भुटानी शरणार्थी प्रकरण : पॉच वटा अभियोग लगाउने निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नक्कली भुटानी शरणार्थी प्रकरण : पॉच वटा अभियोग लगाउने निर्णय

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०८०, बुधबार

    काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पाँचवटा अभियोग लगाउने निर्णय भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र दर्ताका लागि काठमाडौं जिल्ला अदालत फाइल पठाएको छ ।

    काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता लक्ष्मण उपाध्याय घिमिरेले ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, सरकारी कीर्ते र एकिकृत कसुर लगाउने निर्णय भएको जानकारी दिए ।

    ३० जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दर्ता हुँदैछ । यसअघि काठमाडौं जिल्ला प्रहरी कार्यालयले सरकारी कीर्ते र एकिकृत कसुरको राय दिएको थिएन ।

    यो प्रकरणमा १६ जना पक्राउ परेका थिए भने १४ जनालाई फरार प्रतिवादी कायम गरेर अभियोग पत्र दर्ता हुँदैछ ।