दमौलीमा खुल्यो गाउँले झल्को दिने थकाली भान्छा घर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    दमौलीमा खुल्यो गाउँले झल्को दिने थकाली भान्छा घर

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०८०, बुधबार

    दमाैली । दमौली बजारमा गाउँले झल्को दिने खालको थकाली भान्छा घर खुलेको छ । व्यास नगरपालिका–२ पदमचोकमा युवा व्यवसायी विष्णु पराजुलीले सुविधासम्पन्न थकाली भान्छा घर खोलेका हुन् ।

    आँगन थकाली भान्छा घरमा गाउँले जीवनको झल्को दिने गरी बाँसबाट निर्मित सामग्रीको प्रयोग गरिएको छ । उक्त भान्छाघरको बुधबार उद्घाटन गरिएको छ ।

    विगत केही समययता विभिन्न पेशा, व्इवसाय तथा राजनीतिमा लागेका पराजुलीको एकल लगानीमा थकाली भान्छा घर सञ्चालनमा आएको छ । यहाँ बाँसबाट निर्मित सामानहरु मोहला, मकुरो, ढडिया, डोको, डालो, नाम्लो, ढोक्सा, छत्री, फुरलुंगो, स्याखु लगायतका सामग्री सजाइएको छ ।

    भान्छा खरमा कोदो, मकै, गहुँफापर, मासको दाल, जिम्बु, मेथी, गुन्द्रुक, भट्ट, बेसार, टिम्मपुर, तिल लगायतका सामग्रीको प्रयोग गरी परिकार बनाइने पराजुलीले जानकारी दिए ।

    विशेषगरी पारिवारिक जमघट गर्दा स्तरीय खाना तथा खाजा खाने गन्तव्यको रुपमा यसलाई विकास गरिने पराजुलीले बताए । सफा, स्वच्छ, गुणस्तरीय खाना तथा खाजा खाने ठाउँको आवश्यकता महशुस गरी थकाली भान्छा खर सञ्चालनमा ल्याएको पराजुलीको भनाइ छ ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । यस अनलाइनमा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।