गण्डकी लगायत केही प्रदेशमा वर्षाको सम्भावना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गण्डकी लगायत केही प्रदेशमा वर्षाको सम्भावना

    खबरपुञ्ज संवाददाता

    ११ जेष्ठ २०८०, बिहीबार

    काठमाडौ । काठमाडौ उपत्यकासहित आसपासका क्षेत्र र तराईका जिल्लामा अहिले घाम लागेको छ ।

    दिउँसो भने मौसम बदली भइ एक दुई ठाउँमा पानी पर्ने अनुमान रहेको मौसमविद् शान्ति कडेलले बताइन् ।

    उनका अनुसार अहिले गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मौसम भने सामान्य बदली छ ।

    यी चार प्रदेशका एक दुई ठाउँमा बिहानैदेखि पानी परिरहेको मौसमविद् कडेलले जानकारी दिइने । यी प्रदेशमा प्रि मनसुनसँगै पश्चिमी वायुको प्रभाव परेको उनले बताइन् ।

    पश्चिमी हावा दिउँसो काठमाण्डौसम्म बहने सम्भावना रहेकाले अहिले घाम लागे पनि दिउँसो मौसम बदली हुने अनुमान गरिएको हो ।

    यस्तै, दिउँसो पछि तराईका जिल्लामा तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।