रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० घाइते

    खबरपुञ्ज संवाददाता

    ११ जेष्ठ २०८०, बिहीबार

    काठमाडाै । रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका–८ दुलीमा बिहीवार बिहान ज १ ज १७४७ नम्बरको जीप दुर्घटनामा परेको कर्णाली प्रदेशका प्रहरी प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

    सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसीकोटका लागि छुटेको जीप दुर्घटनामा सानीभेरी ५ का कर्णे बाठा, देउचन खत्री, बाँफीकोट ८ की रेखा खत्री र उनको सानो छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

    घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकप्टरमार्फत अन्यत्र लैजाने तयारी भइरहेको छ।