व्यासमा जनप्रतिनिधिकाे एक वर्ष : के भयाे उपलब्धी ? (पूर्ण पाठ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासमा जनप्रतिनिधिकाे एक वर्ष : के भयाे उपलब्धी ? (पूर्ण पाठ सहित)

    कृष्णचन्द्र न्याैपाने

    ११ जेष्ठ २०८०, बिहीबार

    दमाैली । व्यास नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएको एक वर्ष पूरा भएको छ । नगरपालिकाको मतगणना सम्पन्न भई गत वर्ष जेठ ११ गते जनप्रतिनिधिले पदभार ग्रहण गरेका थिए ।

    जनप्रतिनिधिले कार्यभार सुरु गरेको एक वर्षको अवसरमा नगरपालिकाले सम्पादन गरेका कार्य सार्वजनिक गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले अधुरा योजना सम्पन्न गर्ने र विकासको प्रवाहबाट पछाडी परेका वर्गलाई मुल प्रवाहमा ल्याउने प्रतिबद्धता सहित एक वर्षको अवधिमा केही उपलब्धी हासिल गरेको जनाएका छन् ।

    नगरप्रमुख न्यौपानेले बिहीबार जारी गरेको विज्ञप्तीमा विगत एक वर्षमा दुई पटक नगरसभा, २५ पटक कार्यपालिका बैठक आयोजना गरिएको जनाएका छन् ।