शुक्लागण्डकी नगरपालिकाको एम्बुलेन्सको नाफा १३१८, मनपरी भाडा लिने गुनासो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी नगरपालिकाको एम्बुलेन्सको नाफा १३१८, मनपरी भाडा लिने गुनासो

    कृष्णचन्द्र न्याैपाने

    ११ जेष्ठ २०८०, बिहीबार

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकाले सञ्चालन गरेको एम्बुलेन्सले एक वर्षको अवधिमा एक हजार तीन सय १८ नाफा गरेको छ ।

    सूर्य नेपाल प्रालिले प्रदान गरेको उक्त एम्बुलेन्स सञ्चालन गरेर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा उक्त नाफा गरेको हो।

    यस अवधिमा उक्त एम्बुलेन्सबाट तीन लाख २० हजार दुई सय आम्दानी गरेको र तीन लाख १८ हजार आठ सय ८२ खर्च भएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाले नै सञ्चालन गरेको उक्त एम्बुलेन्सले मनपरी रुपमा भाडा लिने गरेको गुनासो आएको छ । तोकिएको निर्धारित शुल्क नलिई मान्छे हेरेर शुल्क लिने गरेको स्थानीयको आरोप छ ।

    एम्बुलेन्सबाट भएको एकिन आम्दानी नगरपालिकामा दाखिला नभएको बताइन्छ । सुशासनका र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियानका संयोजक शंकर पन्त एम्बुलेन्स सञ्चालनमा चरम बेथिती भएको बताउँछन् । उनले भने, ‘एम्बुलेन्स निशुल्क चलाउनुपर्छ, मनपरी हिसाबले पैसा लिन पाइँदैन ।’

    हिसाबले नगरको एम्बुलेन्स् सञ्चलन मा चरम बेथिति भएको कुरा सजिलै अनुमान लगाउन सकिन्छ ।