सन्दीप लामिछाने क्रिकेट टिमसँगै दक्षिण अफ्रिका नजाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    सन्दीप लामिछाने क्रिकेट टिमसँगै दक्षिण अफ्रिका नजाने

    खबरपुञ्ज संवाददाता

    १६ जेष्ठ २०८०, मंगलवार

    काठमाडौं । एकदिवसीय विश्वकप छनोटअघि दक्षिण अफ्रिकामा अन्तिम तयारी गर्ने नेपाल टिममा सन्दीप लामिछाने अनुपस्थित हुने भएका छन् ।

    जिम्बाव्वेमा हुने एकदिवशीय विश्वकप छनोटका लागि वातानुकुलित तयारी गर्न नेपाल टिम मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गर्दैछ ।

    बालिका बलात्कारको आरोपमा मुद्दा खेपिरहेका सन्दीप लामिछानेलाई अदालती प्रक्रियाका कारण दक्षिण अफ्रिका भ्रमणमा समावेश गर्न नसकेको नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।

    ‘सन्दीप आज टिमसँग जाँदैनन् । एक साताभित्रै अदालती प्रक्रिया भएका कारण उनलाई यो भ्रमणमा राख्न सकिएन’, पाठकले अदालतको प्रक्रिया नटुंगिएसम्म नेपाल टिमबाट सन्दीपको बैदेशिक भ्रमण निश्चित नभएकोसमेत बताए ।