विज्ञापन प्रकाशनमा ऋषिङको झेल, कमिसनको चक्करमा यस्तो खेल !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    विज्ञापन प्रकाशनमा ऋषिङको झेल, कमिसनको चक्करमा यस्तो खेल !

    खबरपुञ्ज संवाददाता

    १७ जेष्ठ २०८०, बुधबार

    दमाैली । तनहुँको ऋषिङ गाउँपालिकाले विज्ञापन प्रकाशन गर्दा कमिसनको खेल देखिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा एउटै विज्ञापन एजेन्सीमार्फत् पटक पटक सूचना प्रकाशित गरेको देखिएको हो ।

    विज्ञापन प्रकाशित गर्दा छुट दिने व्यवस्था रहेपनि गाउँपालिकाले छुट रकम दावी नगरी नै रकम भुक्तानी गरेको छ । छुट सहुलियत नलिँदा कमिसनको खेल भएको आरोप लागेको छ ।

    उक्त वर्ष गाउँपालिकाले सूचना प्रकाशित गर्दा रु १३ लाख ४७ हजार भुक्तानी गरेको छ । छुट सुविधा नलिँदा पालिकालाई रु एक लाख ३८ हजार बढी व्ययभार परेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । सरकारी सूचना तथा विज्ञापनमा छुट सहुलियत दिने प्रकाशन संस्थाहरुको नीतिगत व्यवस्था रहेको छ । गाउँपालिकाले विज्ञापन एजेन्सीमार्फत् विभिन्न निर्माण कार्यको बोलपत्रको सूचना प्रकाशन गर्दा छुट नलिएको देखिएको छ ।

    गाउँपालिकाले अझ एउटै विज्ञापन एजेन्सीमार्फत् पटक पटक सूचना प्रकाशित गरेको छ । यसले पनि गाउँपालिकाका कर्मचारी कमिसनको खेलमा लागेको पुष्टि हुने आधार देखिएको छ ।