तनहुँमा प्रहरीको सर्च एण्ड स्विप अपरेसन, ११ जना नियन्त्रणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा प्रहरीको सर्च एण्ड स्विप अपरेसन, ११ जना नियन्त्रणमा

    खबरपुञ्ज संवाददाता

    १३ कार्तिक २०८३, शुक्रबार

    तनहुँ, १३ कात्तिक । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ११ जनालाई नियन्त्रणमा लिएको छ।

    बिहीबार लागुऔषध नियन्त्रण, अवैध मदिरा नियन्त्रण, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग रोकथामलगायतका उद्देश्यले प्रहरीले उक्त अभियान सञ्चालन गरेको हो।

    अभियानका क्रममा नियन्त्रणमा लिइएका ११ जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।