संखुवासभाकी महिला आरोही याङजी शेर्पालाई राष्ट्रपति पौडेलको बधाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    संखुवासभाकी महिला आरोही याङजी शेर्पालाई राष्ट्रपति पौडेलको बधाई

    खबरपुञ्ज संवाददाता

    १७ जेष्ठ २०८०, बुधबार

    काठमाडाै । राष्ट्रपति रामचन्द्र पौडेलको तस्विर पहिलो पटक सगरमाथाको चुचुरोमा पु¥याउने महिला आरोही याङजी शेर्पालाई राष्ट्रपति पौडेलले बधाई दिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको कार्यक्रममा उनले महिला आरोहीको साहस र आँटको प्रशंसा गरे।

    उनले हिमाल आरोहणमा नेपाली महिलाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै राष्ट्रको सम्मानको लागि आरोहीहरुले खेलेको भूमीका महत्वपूर्ण रहेको बताए। हिमाल आरोही याङजी शेर्पाले आफूले सरप्राईज दिनकै लागि राष्ट्रपति पौडेलको फोटो थाहै नदिई चुचुरोमा पु¥याउन पाउँदा खुशी लागेको भन्दै राष्ट्रपति पौडेलको तस्विर सो अवसरमा हस्तान्तरण गरे।

    संखुवासभा मकालु गाउँपालिकाकी याङजीले पौडेल राष्ट्रपति हुनु अगावै नयाँ राष्ट्रपतिको तस्विर सगरमाथाको चुचुरोमा पु¥याउने संकल्प लिएकी थिइन् । अन्य साना कुनै पनि चुचुरो नचढी उहाँले एकै पटक सगरमाथाको सफल आरोहण गरेकी हुन् ।

    पायोनियर एडभेन्चर ट्रेकका डाइरेक्टर तथा कीर्तिमानी आरोही मिङ्मा दोर्ची शेर्पाले आफ्नो कम्पनीबाट हिमाल अरोहण गर्ने महिलाहरुको संख्या उल्लेख्य रहेको र प्रतिकुल मौसमका कारण पनि हिमाल अरोहण गराएको बताए। कार्यक्रममा संखुवासभाका सांसद दिपक खड्काले हिमाल आरोहणमा नेपाली महिलाको भूमिका महत्वपूर्ण रहेको बताए ।