फेसबुकमा भिडिओ हाल्दा स्पष्टीकरण लिइयो, ममाथि आक्रमण हुँदा निवेदन पनि दर्ता भएन : जोशी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    फेसबुकमा भिडिओ हाल्दा स्पष्टीकरण लिइयो, ममाथि आक्रमण हुँदा निवेदन पनि दर्ता भएन : जोशी

    खबरपुञ्ज संवाददाता

    १७ जेष्ठ २०८०, बुधबार

    दमौली । व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशीले सामाजिक सञ्जालमा भिडिओ शेयर गर्दा प्रहरीले स्पष्टीकरण लिएको बताएका छन् । गणतन्त्र दिवसका दिन साभार गरिएको भिडिओ शेयर गर्दा साइबर व्युरोले आफूमाथि स्पष्टीकरण लिएको जोशीले उल्लेख गरेका छन् ।

    तर गत निर्वाचनमा व्यास-८ रिस्तीमा आक्रमण गरी मार्ने प्रयास भएको घटनामा प्रहरीले आफ्नो निवेदन समेत दर्ता नगरेको जोशीले बताए ।

    उनले भनेका छन्, ‘गणतन्त्र दिवसको दिन मैले फेसबुकमा हालेको भिडियो संविधान विपरित भयो भनेर मलाई साइबर ब्युरोले सम्पर्क गरेर स्पष्टिकरण मागेपछि र मैले स्पष्टिकरण दिएँ। उक्त भिडियो मैले सामाजिक सन्जाल फेसवुकबाट साभार गरेको थिएँ। अर्को कुरा म सदैव गणतन्त्रको विरोधी हुँ। अहिले राष्ट्रपति पद सम्हालेर उक्त कुर्सीमा बस्ने मान्छे भलै यो देशको राष्ट्रपति भए पनि गत स्थानिय निर्वाचनमा उहाँको गाउँमा उहाँकै षड्यन्त्रमा मलाई मार्ने प्रयास गरियो। जुन कुरा सम्पूर्णमा जगजाहेरै छ। जुन कुरा उहाँले नै केही सन्चारमाध्यम मार्फत स्वीकार गर्नुभएको छ।’

    उनले साइबर ब्युरोको उक्त कार्य प्रति कुनै गुनासो नभएको बताए । उनले थपे, ‘किनभने दलाल पुँजीवादी सरकारले दिएको दवाव र आफ्नो जिम्मेवारी निभाउने सिलसिलामा अनुसन्धानको क्रममा नागरिक सँग प्रश्न गर्ने र जानकारी लिने अधिकार साइबर ब्युरोलाई छ।
    तर यो देशमा कुर्सिमा बस्नेले चाहिँ जे गरे पनि हुने र नागरिकले चाहिँ चुँ गर्दा पनि स्पष्टीकरण दिनुपर्ने मान्यता किन स्थापित हुँदैछ? सोचनिय बिषय हो।’