लमजुङ कारागारबाट दुई कैदीबन्दी भागे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    लमजुङ कारागारबाट दुई कैदीबन्दी भागे

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०८०, बिहीबार

    लमजुङ । लमजुङ जिल्ला कारागारबाट दुईजना कैदी बन्दी फरार भएका छन् । बिहीबार बिहान साँढे १ बजे कारागारको पर्खाल नागेर कैदीबन्दी फरार भएका हुन् । 

    फरार हुनेमा लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. ४ दुईपिप्लेका २७ वर्षका विष्णु विक र गोरखाको चुम्नुव्री गाउँपालिका वडा नं. ३ घट्टेखोला घर भइ पोखरा महानगरपालिका- १६ बस्ने ३७ वर्षका चन्द्रबहादुर गुरूङ रहेका छन् । 

    बेसीसहर नगरपालिका वडा नं. ८ शेरामा रहेको कारागारबाट फरार भएका कैदीबन्दीको खोजीकार्यमा प्रहरी नायव उपरीक्षक (डिएसपी ) प्रकाश श्रीमलको कमाण्डमा प्रहरी खटिएका छन् । 

    विक २०७९ साउन २४ गते जवरजस्ती करणी मुद्दामा र गुरूङ २०८० बैशाख ३१ गते ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए । 

    रातको समयमा पर्खाल नागेर भागेका कैदीबन्दीको खोजीकार्य तीव्र बनाइएको सुचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।