शुक्लागण्डकी नगरपालिका बेथितिकाे चाङ : अर्काको गाडी मर्मतको भुक्तानी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी नगरपालिका बेथितिकाे चाङ : अर्काको गाडी मर्मतको भुक्तानी

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०८०, बिहीबार

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिकाले अर्काको गाडी मर्मत गरेको भुक्तानी पनि कार्यालयबाट गर्दै आएको छ । नगरपालिकासँग सम्बन्धित नभएको गाडी मर्मत भन्दै नगरपालिकाले भुक्तानी गरेको भेटिएको हो ।

    नगरपालिकाले कार्यालयभन्दा बाहिरको सवारी साधनको मर्मत गरेको भन्दै भुक्तानी गरेको भेटिएको छ । पालिकाले बा १३ च ८२३० नम्बरको गाडी मर्मत गरेको भन्दै सिए अटो पार्ट नयाँबजार पोखराको बिल संलगन गरी रु ४८ हजार ५०, ग ९ प ४९५५ कुंवर ब्रदर्शमा रु २४ हजार छ सय, बा १२८१ प राम मोटरवर्कसपमा रु २१ हजार पाँच सय भुक्तानी गरेको छ ।

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७५ को नियम ३५ (२) मा खर्च गर्ने वा खर्चको निकासा दिने अधिकारीले खर्च गर्नुपूर्व उक्त जिम्मेवारी आफ्नो कार्यक्षेत्रभित्रको हो होइन एकिन गरेर मात्र भुक्तानी दिनुपर्ने व्यवस्था छ । महालेखा परीक्षकको आर्थिक वर्ष २०७८÷७९ को प्रतिवेदनमा उक्त खर्चलाई नियमसम्मत मान्न नसकिने उल्लेख गरेको छ ।

    नगरपालिकाले इन्धन, खाना, खाजामा पनि अत्याधिक रकम खर्च गरेको भेटिएपछि आलोचना हुँदै आएको छ ।