ऑबुखैरेनीमा नबिल बैंक, अध्यक्ष चुमानद्वारा उदघाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीमा नबिल बैंक, अध्यक्ष चुमानद्वारा उदघाटन

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०८०, बिहीबार

    दमौली । नबिल बैंक लिमिटेडले तनहुँको आँबुखैरेनीमा नयाँ शाखा विस्तार गरेको छ । बिहीबार आँबुखैरेनी शाखाको एक कार्यक्रमका बीच आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले उदघाटन गरे ।

    सो अवसरमा नबिल बैंक लिमिटेड व्यास कलस्टर प्रमुख हरि ढकालले स्वागत मन्तव्यका साथै आँबुखैरेनीमा शाखा विस्तार गर्नुको उदेश्यबारे प्रष्ट पारेका थिए।

    कार्यक्रममा अध्यक्ष चुमानले नबिल बैंक नेपालकै अग्रणी वित्तीय संस्था रहेको र वित्तीय संस्था सेवामुलक संस्था भएकाले यहॉको आर्थिक, व्यापारिक क्रियाकलापका साथ साथै सामाजिक उत्तरदायी वहनमा क्रियाशील रहन आग्रह गरे ।

    बैंकले आँबुखैरेनी लगायत देशभर एकसाथ नयाँ ३८ शाखाबाट सेवा सुरु गरेको नबिल बैंक लिमिटेड आँबुखैरेनी शाखाका प्रबन्धक दिवस काफ्लेले जानकारी दिए।