गर्मी बढेपछि व्यास नगरपालिकाले दियाे बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गर्मी बढेपछि व्यास नगरपालिकाले दियाे बिदा

    खबरपुञ्ज संवाददाता

    १९ जेष्ठ २०८०, शुक्रबार

    दमाैली । तनहुँको व्यास नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । केही दिनयता बढेको गर्मीका कारण पठनपाठनमा समस्या भएकाले नगरपालिकाले बिदा दिने निर्णय गरेको हो ।

    आइतबारदेखि एक साताका लागि वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय व्यवस्थापन समितिको निर्णय गराई बिदा दिने निर्णय गरिएको नगरपालिकाका शिक्षा अधिकृत नवीन पराजुलीले जानकारी दिए ।

    गर्मीका कारण विद्यार्थीहरुको विद्यालय आगमन र पठनपाठनमा प्रतिकूल असर परिरहेको तथा आगामी हप्तामा समेत तापक्रम बढ्ने प्रक्षेपण देखिएकाले बिदा दिने निर्णय गरिएको पराजुलीले बताए ।

    बिदाका क्रममा स्वअध्ययन गर्न, सिकाइ बोझ नहुने गरी गृहकार्य दिन, सिर्जनशील सिकाइ क्रियाकलाप दिन र दिउँसोको समयमा घर बाहिर नजान सुझाव दिन अनुरोध गरिएको छ ।