प्रदीप पौडेलले भने : नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा त्रुटि भयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रदीप पौडेलले भने : नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा त्रुटि भयो

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०८०, आईतवार

    काठमाडाै । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पनि नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा त्रुटि भएको बताएका छन्। अघिल्लो राष्ट्रपतिले मन्त्रिपरिषद्ले पठाएको विधेयक प्रमाणीकरण नगर्नु स्वाभाविक नरहे पनि त्यही विधेयकलाई अहिले प्रक्रिया मिचेर प्रमाणीकरण गरिएको उनले उल्लेख गरे ।

    उनले नागरिकता विधेयकभित्रको विषयवस्तुमा भने एमालेले विरोध गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गरे ।