काठमाडौ । स्थानीय तह दलित जनप्रतिनिधि महासंघ गठन भएको छ।
काठमाडौैंमा देशभरका दलित जनप्रतिनिधिहरूको प्रथम राष्ट्रिय भेलाले आइतबार ‘स्थानीय तह दलित जनप्रतिनिधि राष्ट्रिय महासंघ’ गठन गरेको हाे।
काठमाडौंको राष्ट्रिय सभागृहमा शनिबारदेखि सुरू भएको भेलाले नीलकण्ठ नगरपालिका धादिङका उपप्रमुख दीपक विश्वकर्मालाई महासंघको अध्यक्ष चयन गरेको छ। भेलाले तत्कालका लागि महासंघमा रहने २१ सदस्यीय समितको गठन गरेको छ।
महासंघको उपाध्यक्षमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर विश्वकर्मा र आरूघाट नगरपालिका गोरखाका उपप्रमुख कल्पना नेपाली छन्।
महासचिवमा सरमइरानी गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्मा चयन भएका छन्। भेलाले गुर्भाकोट नगरपालिका सुर्खेतका उपप्रमुख मैना बिक उपमहासचिव चयन गरेको छ।
महासंघको सचिवमा शुक्लागण्डकी नगरपालिका तनहुँका उपमेयर खुम बहादुर चयन भएका छन्। कोषाध्यक्षमा लुम्बिनी संस्कृती नगरपालिका रूपन्देहीका उपप्रमुख कल्पना हरिजन छन्।