दमाैली । कृषि व्यवसाय गर्ने उद्यमीलाई बैंक तथा वित्तीय संस्थाले कर्जा बुझाउन मानसिक रुपमा दुःख दिएकोप्रति व्यास नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले प्रेस विज्ञप्ती जारी गरी आर्थिक संकट मन्दीका कारणले नगरक्षेत्रभित्रका कृषकलाई समस्या परेकाले मानसिक रुपमा दुःख नदिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन् ।
कृषकहरुबाट बैंक तथा वित्तीय संस्थाबाट राष्ट्र बैंकको नीति निर्देशनलाई पालना गर्दै साविक बैंक कर्जालाई अनिवार्य पुनकर्जा, पुनर्तालिकिकरण, पुनसंरचनाको सुविधा प्रदान गरिदिन न्यौपानेले आग्रह गरेका छन् ।