


दमौली । रिसेड तनहुँले भानु नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई बीउ पुँजी वितरण गरेको छ । सामाजिक विकास कार्यालयको सहयोगमा रिसेडले भानुका १३ जनालाई बीउ पुँजी सहयोग गरेको हो ।
भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले उक्त रकम प्रदान गर्दै अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन नगरपालिकाको तर्फबाट प्रयास रहने बताए ।
प्रवक्ता ईश्वर राज घिमिरेले अपाङ्गता भएका व्यक्तिहरुलाई अनुकूल नीति तथा कार्यक्रम बनाइने बताए ।
भानुका १३ वटा वडाका अपाङ्गता भएका व्यक्तिहरुलाई सात हजार पॉच सयका दरले बीउ पुँजी सहयोग गरिएको रिसेडका उपाध्यक्ष इश्वर बॉस्तोलाले जानकारी दिए।
नगर स्तरीय स्वावलम्बन समूहको छनोटमा परेका अपाङ्गता भएका व्यक्तिहरु अपाङ्गताको प्रकृति बमोजिम शारीरिक, बौद्धिक, दृष्टिविहिन,बहिरा, बहुअपाङ्गता जस्ता गम्भीरताको आधारमा आर्थिक रुपमा कमजोर केही गर्न चाहने मनोभाव भएका व्यक्तिहरुलाई केही सहयोग होस् भनेर सहयोग गरिएको हो ।
बीउ पुँजी लाभग्राही दृष्टिविहिन दशरथ राना मगरले अपाङ्गताको प्रकृति अनुसार कृषिको लागि योग्य सम्भावनायुक्त कार्य प्रणाली अनुसार बाख्रा पालन, कुखुरापालन, टनेल तरकारी खेती जस्ता कृषिको बीउ पुँजी लगानीबाट जीवनस्तरमा लाभ पुग्ने बताए ।