राष्ट्रपतिका छाेरा पाैडेलले भने : याेजना ल्याउने हैसियत भए झ्याली पिट्दै हिँड्नपर्दैन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपतिका छाेरा पाैडेलले भने : याेजना ल्याउने हैसियत भए झ्याली पिट्दै हिँड्नपर्दैन

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०८०, मंगलवार

    दमाैली । राष्ट्रपति रामचन्द्र पाैडेलका छाेरा चिन्तन पाैडेलले कुनै कार्यक्रम वा याेजना आफ्नाे पहलमा भएकाे भन्ने हाेडबाजी देख्दा अचम्म लागेकाे बताएका छन् । मङ्गलबार दिउँसाे सामाजिक सञ्जाल मार्फत् पाैडेलले भने, ‘कुनै कार्यक्रम वा योजना मेरो पहलमा भएको भन्ने होडबाजी गरेको देख्दा अचम्म लाग्छ । आफ्नो हैसियत र सामर्थ उत्तम भए – झ्याली पिट्दै हिड्नु पर्दैन ।’

    उनले जनताले सेवा र सुविधा पाए र निस्वार्थ भावले सेवा गर्ने नेता ,पार्टी अनि सरकार भए सर्वत्र राहतको अनुभुति हुने उल्लेख गरेका छन् ।

    केही नेताहरुले दमाैली अस्पतालमा आफ्नाे पहलबाट डायलासिस उपकरण आउने निश्चित भएकाे भन्दै सामाजिक सञ्जालमा लेखेपछि पाैडेलकाे याे प्रतिक्रिया आएकाे बुझ्न सकिन्छ ।